समाज


रविसहितको थुनछेक आदेश आउने तयारी भएपछि अदालत आसपासको सुरक्षा बढाइयो (तस्बिर)

रविसहितको थुनछेक आदेश आउने तयारी भएपछि अदालत आसपासको सुरक्षा बढाइयो (तस्बिर)

तस्बिर : वाशुदेव मिश्र


नेपालखबर
पुस २५, २०८१ बिहिबार १५:२३, काठमाडौँ

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका ७ जना प्रतिवादीको थुनछेक आदेश आउने भएपछि जिल्ला अदालत कास्कीको आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ।

अदालत परिसर आसपास नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति बढाइएको छ।

जिल्ला न्यायाधीश नितिज राईको इजलासमा बिहीबार नै बहस सकिएपछि आदेश आउने तयारी भएको हो।

प्रतिवादीको तर्फबाट बुधबार नै बहस सकिएपछि जवाफी बहस बुधबार दिउँसो र बिहीबार भएको हो।

अब ७ जना प्रतिवादीलाई थुनामा राख्ने कि थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश हुनेछ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, लिला पछाई, पूर्व प्रहरी रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, मीनाका बुबा कृष्णबहादुर गुरुङ र आरती गुरुङ थुनामा छन्।

सातै जना प्रतिवादीहरुलाई अदालतमा उपस्थित गराइएको छ। उनीहरूको पुस १६ गतेदेखि थुनछेक बहस सुरु भएको थियो।

पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । 

लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा पनि मुद्दा चलाइएको छ। 

लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि मुद्दा चलाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad