समाज


रविको थुनछेक बहस हतारमा नटुंग्याउन जाहेरवालाका वकिलको माग, पोखरामा गडबडी भएको गुनासो

रविको थुनछेक बहस हतारमा नटुंग्याउन जाहेरवालाका वकिलको माग, पोखरामा गडबडी भएको गुनासो

नेपालखबर
पुस २९, २०८१ सोमबार १५:२०, काठमाडौँ

रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा थुनछेक बहस जारी छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा अहिले जाहेरवालाका तर्फबाट बहस भइरहेको छ।

जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले इजलासमा भने, ‘पोखरामा हतार गर्दा गडबडी भयो। त्यस्तो गल्ती यहाँ दोहोरिनुहुँदैन।’

उनले आफूलाई बहसका लागि सीमा नतोक्न पनि आग्रह गरे।

यसअघि सरकारी वकिलहरू खडिन्द्रपराज पन्त, चन्द्रप्रसाद सञ्जेल, सन्तोषराज कटुवाल, राधिका सुवाल, बिना खड्का थापा, पूर्णेन्द्र पाण्डेसहितले बहस गरेका थिए। जिल्ला सरकारी वकिल कार्यालय प्रमुख रामहरि शर्मा काफ्लेले पनि रविविरूद्ध बहस गर्दै रविलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका थिए।

जाहेरवालाका तर्फबा दिनेशमणि त्रिपाठीलगायतले पनि बहस गर्नेछन्। 

त्यसपछि रवि पक्षधर कानुन व्यवसायीको पालो रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad