समाज


मापसे गरेर सवारी चलाउँदा ५ महिनामा ४७ को मृत्यु

मापसे गरेर सवारी चलाउँदा ५ महिनामा ४७ को मृत्यु

फाइल तस्बिर


नेपालखबर
माघ १, २०८१ मंगलबार १५:११, काठमाडौँ

मादक पदार्थ सेवन गरी सवारी चलाउँदा ५ महिनामा ४७ जनाले ज्यान गुमाएका छन्। 

नेपाल प्रहरीको तथ्यांक अनुसार गएको साउनदेखि मंसिरसम्म भएका दुर्घटनामध्ये ६ सय २१ दुर्घटना मापसेका कारण भएको खुलेको हो। जसमा ४७ जनाको मृत्यु भएको छ भने ८०७ जना घाइते भएका छन्।

सबैभन्दा धेरै उपत्यकामा ३७७ दुर्घटना मापसेका कारण भएको पाइएको छ। १६ जनाको मृत्यु र ३८९ घाइते भएका छन्। 

मधेस प्रदेशमा ५ महिनामा मापसेका कारण ८२ दुर्घटना हुँदा १५४ जना घाइते भएका छन्। एक जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेशमा ४३ दुर्घटना हुँदा १० जनाको मृत्यु र ७० जना घाइते भएका छन्। 

मापसे गरेर भएको दुर्घटना सबैभन्दा कम कर्णाली प्रदेशमा देखिएको छ। जहाँ मृत्युका घटना छैनन् भने घाइते १४ जना छन्। कर्णालीमा मापसेका कारण १२ वटा सवारी दुर्घटना भएका छन्। 

कोसी र सुदूरपश्चिम प्रदेशको तथ्यांक उस्तै छ। यी दुई प्रदेशमा ५ महिनामा २८  दुर्घटना हुँदा ७ जनाको मृत्यु र ५० जना घाइते भएका छन्। 

बागमती प्रदेशमा २८ दुर्घटना हुँदा ४४ जना घाइते भएका छन्। ३ जनाको मृत्यु भएको छ। गण्डकी प्रदेशमा मापसे गरेर सवारी चलाउँदा ५ महिनामा २३ दुर्घटना भएको छ।

जसमा ३ को मृत्यु र ३६ जना घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad