समाज


बेलायतका लागि नवनियुक्त राजदूत घिमिरे लन्डन आइपुगे

बेलायतका लागि नवनियुक्त राजदूत घिमिरे लन्डन आइपुगे

प्रजय शुक्ल
माघ ५, २०८१ शनिबार ५:२७, लन्डन

बेलायतका लागि नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरे लन्डन आइपुगेका छन्। 

बेलायतको २३ औँ राजदूतका रुपमा घिमिरे शुक्रबार बिहान लन्डनको हिथ्रो विमानस्थल पुग्दा उनलाई बेलायतको विदेश मन्त्रालयका विशेष प्रतिनिधि, उपनियोग प्रमुख विपिन दुवाडी लगायत दूतावास कर्मचारीले स्वागत गरेका थिए। 

राजदूत घिमिरे नेपाल सरककारको गृह र परराष्ट्र मन्त्रालयजस्ता महत्वपूर्ण निकायहरूमा जिम्मेवारी सम्हालिसकेका अनुभवी व्यक्ति हुन्। लगानी, व्यापार तथा सार्वजनिक नीतिमा दख्खल राख्ने व्यक्ति बेलायतका लागि नेपाली राजदूत हुनुले उनको नियुक्तिलाई सकरात्मक रुपमा लिइएको छ। 

घिमिरे बेलायतका लागि राजदूत भएपछि उनबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने, आर्थिक तथा साँस्कृतिक सहकार्य बढाउने र बेलायतस्थित नेपाली समुदायका हकहितको प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ।

उनले शुक्रबारबाटै कार्यभार सम्हालेको दूतावास श्रोतले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad