समाज


दमकमा दुर्घटना भएपछि भागेका ट्रक चालक दुई महिनापछि पक्राउ

दमकमा दुर्घटना भएपछि भागेका ट्रक चालक दुई महिनापछि पक्राउ

नेपालखबर
माघ १४, २०८१ सोमबार १३:२८, काठमाडौँ

झापाको दमकमा दुई महिना अघि भएको दुर्घटनाका सवारी चालक पक्राउ परेका छन्। को १ ख ४१४२ नम्बरको मिनिट्रकका चालक झापा दमक नगरपालिका ९ का ३१ वर्षीय युवराज तामाङलाई प्रहरीले पक्राउ गरेको हो। 

२०८१ मंसिर ६ गते बिहान ५ः३५ मा दमक नगरपालिका ५ का ७९ वर्षीय केवल भन्ने कमलप्रसाद खरेलको दुर्घटनामा परी ज्यान गएको थियो। 

वडा नं ५ स्थित पूर्व पश्चिम राजमार्गको पाथीभरा पेट्रोल पम्प पूर्वको सडक किनारामा अचेत अवस्थामा खरेल फेला परेका थिए। 

प्रहरीले द्वारा उद्धार गरी उनलाई अस्पताल पठाएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको थियो। 

घटना सम्बन्धमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा सवारी दुर्घटना भएको देखिएको निष्कर्ष निकालेको थियो ।

सीआईबीको अनुसन्धानबाट को १ ख ४१४२ नम्बरको मिनिट्रकले ठक्कर दिएको खुलेपछि झापा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई प्रहरीले पक्राउ गरेको हो। 

प्रहरीले तामाङलाई सवारी ज्यान मुद्दामा अनुसन्धान अगाडी बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad