राजनीति


संसद्को माघ महिनाको क्यालेन्डर तयार, शीर्ष नेताहरूले सम्बोधन गर्ने

संसद्को माघ महिनाको क्यालेन्डर तयार, शीर्ष नेताहरूले सम्बोधन गर्ने

नेपालखबर
माघ १४, २०८१ सोमबार १३:३१, काठमाडौँ

संसद्को माघ १८ गतेदेखि सुरु हुन लागेको हिउँदे अधिवेशनको समय तालिका (क्यालेन्डर) तयार भएको छ। 

सोमबार सभामुख देवराज घिमिरेले प्रमुख ५ राष्ट्रिय दलका सचेतकहरुसँग सिंहदरबारमा राखेको छलफलमा माघ महिनाभरीको क्यालेन्डर बनाउन दलहरू तयार भएका हुन्। 

त्यस्तै संसद्को पहिलो दिनको बैठकमा सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।

उनका अनुसार सरकारले ल्याएका सबै अध्यादेशहरू १८ गतेको बैठकमै पेस हुनेछन्।

अध्यादेश परिपक्व हुन केही दिन लाग्ने भएकाले २२ गते सबै ती अध्यादेशहरु निर्णयार्थ पेस हुनेछ।

त्यस्तै २३ र २४ गते संसद् बैठक बस्नेछ। २५, २६ र २७ गते भने संसदीय समितिको बैठक बस्नेछन्। २८, २९, ३० गते संसद् बैठक बस्नेछ।

यो बीचमा शून्य समय र विशेष समय पनि चलाउने बर्तौैलाले जानकारी दिए। 

त्यस्तै पहिलो दिनको बैठकमा सबै राजनीतिक दलका शीर्ष नेताहरुले पनि सम्बोधन गर्ने उनको भनाइ छ। 

उनले भने, ‘पहिलो दिनमा सबै राजनीतिक पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नुहुन्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad