ad ad

समाज


नेपाल–भारत सीमा पानीट्यांकीबाट २०० नेपाली फिर्ता

नेपाल–भारत सीमा पानीट्यांकीबाट २०० नेपाली फिर्ता

शैलेन्द्र समदर्शी
चैत ८, २०७६ शनिबार १५:१२,

नेपाल–भारत सीमा पानीट्यांकीबाट २०० नेपालीलाई स्वदेशतर्फै फर्काइएको छ।

कोरोना भाइरसको जाँच गर्न बसेका स्वास्थ्यकर्मीले उनीहरूको शरीरमा उच्च तापक्रम (हाई टेम्प्रेचर) पाएपछि नेपालतिरै फर्काएका हुन्।

अहिले नेपाल–भारत सीमामा दुवैतर्फ कडा जाँच गरिँदैछ। जाँचका बेला उच्च तापक्रम पाएका ९ भारतीयलाई त्यहाँ खटिएका जाँचकर्मीहरूले

स्वास्थ्य जाँचका लागि बतासे स्वास्थ्य केन्द्र पठाएका छन्।

यसैगरी आज (शनिबार) अपराह्नदेखि भारतीय वाहनहरूलाई नेपाल प्रवेश गर्न रोक लगाइएको छ।

भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानहरूले आजदेखि ट्याक्सी, टोटो, साइकल र रिक्सालगायत अन्य यात्रुवाहक वाहनहरूको प्रवेशमा प्रतिबन्ध लगाएका छन्।

आपतकालीन कार्यका लागि मानिसहरू आफ्ना निजी वाहन लिएर नेपाल जान अनुमति दिइएको छ।

नेपालतर्फबाट भारत प्रवेश गरिरहेका भारतीय वाहनहरू अर्को सूचना नभएसम्मका पुनः नेपाल छिर्न नपाउने नेपालका सुरक्षाकर्मीहरूले आदेश सुनाएको बताइएको छ।

जरुरी काम पर्ने मानिसहरु स्क्रिनिङ प्रक्रियापछि मात्र पैदल नै पानीट्यांकी (भारत) र काँकरभिट्टा (नेपाल) ओहोर–दोहोर गरिरहेका छन्।
कोरोना भाइरसको बढ़्दो खतरालाई ध्यानमा राखेर सीमामा कठोर सुरक्षा व्यवस्था अपनाइएको कारण आज झापा जिल्लाका सयौं मानिस साप्ताहिक हाटका लागि नक्सलबारी आउन सकेनन्।

प्रत्येक शनिबार लाग्ने नक्सलबारी हाट झापा जिल्लाका मानिसहरूको एक प्रमुख हाटबजार हो। तर आज कोरोना संक्रमणको खतरालाई ध्यानमा राखेर नेपालीहरूले हाट भर्नका लागि सीमा पार गर्न पाएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .