समाज


आशिका तामाङलाई माघ १८ सम्म हिरासतमा राख्न अदालतको अनुमति

आशिका तामाङलाई माघ १८ सम्म हिरासतमा राख्न अदालतको अनुमति

फाइल तस्बिर: आशिका तामाङ


नेपालखबर
माघ १५, २०८१ मंगलबार २२:१०, काठमाडौँ

आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई माघ १८ गते शुक्रबारसम्म हिरासतमा राख्न भक्तपुर जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। 

आपराधिक उपद्रव गरेको आरोपमा माघ १४ देखि प्रहरी वृत्त जगातीको हिरासतमा रहेकी तामाङविरुद्ध आज (मंगलबार) जिल्ला अदालत भक्तपुरले माघ १८ गतेसम्मका लागि म्याद थप गरेको हो।  

उनले केही समयअघि भक्तपुरतर्फ साँगाको झोलुंगे पुलमा अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको भनी सूर्यविनायक नगरपालिकाले प्रहरीमा जाहेरी दिएको थियो।

यसअघि पशुपति क्षेत्रमा प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा माघ २ गतेदेखि प्रहरी वृत्त गौशालाको हिरासतमा रहेकी तामाङ माघ १४ गते १० हजार धरौटी बुझाएर रिहा भएकी थिइन्। तर भक्तपुरमा पनि उनीविरुद्ध जाहेरी परेकाले त्यही दिन उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो। 

त्यस दिनदेखि महानगरीय प्रहरी वृत्त जगातीको हिरासतमा रहेकी तामाङलाई अदालतले थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो। 

यसैबीच आशिका तामाङको टिमले उनको हिरासत अवधि  लम्ब्याउन चलखेल भइरहेको जानकारी प्राप्त भएको दाबी गरेको छ।

आशिकाको टिमले आशिका तामाङको फेसबुकमा मंगलबार लेखेको छ, ‘उहाँलाई भक्तपुरबाट रिहा भएपछि फेरि धादिङमा मुद्दा लगाउने र हिरासत राख्ने भन्ने बुझ्न आएको छ। सरकार सञ्चालन गरिरहेको पार्टीको भ्रातृ संगठनले नै नियतवश मुद्दा दर्ता गराउने प्रयास गरेको बुझ्न आएको छ। भुइँमान्छेको आवाजलाई बुलन्द गर्न खोज्दा दिदी आफैँलाई यो राज्यले अन्याय गर्दै छ र गम्भीर मानव अधिकारको उल्लंघन गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad