सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहालमाथि ज्यान लिनेसम्मको धम्कीको घटनाका सन्दर्भमा नेपाल पत्रकार महासंघले गठन गरेको मिडिया मिसनले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ।
समाचारको विषयलाई लिएर पत्रकार दाहालमाथि धरानका मेयर हर्कराज राईले ज्यान लिनेसम्मको धम्की दिएको घटनाका सन्दर्भमा महासंघले मिडिया मिसन गठन गरेको थियो। उक्त मिडिया मिसनले तयार पारेको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरिएको महासंघका महासचिव रामप्रसाद दाहालले जनाएका छन्।
मिसन टोलीले घटनाको स्थलगत अवलोकन र अध्ययन गरी घटनासँग जोडिएका सबै पक्ष, स्थानीय निकाय, प्रहरी प्रशासन तथा पीडित पत्रकार तथा उनको परिवारसँग आवश्यक सोधपुछ तथा छलफल गरी प्रतिवेदन तयार पारेको थियो।
मिसन टोलीमा महासंघका केन्द्रीय सदस्यद्वय कमल रिमाल तथा शंकर खरेल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का र सुनसरी शाखाका अध्यक्ष सन्तोष काफ्ले सदस्य थिए।
यस्तो छ ३७ पेज लामो प्रतिवेदनको पूर्णपाठ
Shares

प्रतिक्रिया