रोल्पाको रुन्टिगढी गाउँपालिका–२ लामिडाँडामा अटो दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ।
सुर्पाल–लिवाङ सडक खण्डमा होलेरीबाट रुन्टिगढी २ धारापानीतर्फ जाँदै गरेको रा.१ ह ५४९१ नम्बरको अटो दुर्घटना भएको हो।
दुर्घटनामा दुईजना घाइते भएका प्रहरीले जनाएको छ।
प्रहरी पोष्ट सुर्पालले दिएको जानकारी अनुसार ३८ वर्षीय मनराज नेपालीले चलाएको अटो अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेको छ।
अटोमा सवार रोल्पाको रुन्टिगढी गाउँपालिका–२ धारापानी बस्ने वर्ष ६५ को ईन्द्र घर्तीको घट्नास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ।
अटोमा सवार सुनिल स्मृति गाउँपालिका –२ बस्ने वर्ष ६२ का मान बहादुर परियार र अटो चालक सोही गाउँपालिका १ बस्ने मनराज घाइते छन्। मध्यम अवस्थाका दुवैजनाको स्थानीय मेडिलकमा उपचार भइरहेको छ।
51
Shares

प्रतिक्रिया