समाज


पश्चिमी वायुको प्रभावमा थप भयो न्यूनचापीय प्रणाली

आज धेरैतिर वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभावमा थप भयो न्यूनचापीय प्रणाली

फाइल तस्बिर


नेपालखबर
फागुन ३, २०८१ शनिबार ७:१७, काठमाडौँ

हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ।

जसको प्रभावस्वरुप यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। 

तराईका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोसी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

त्यसैगरि कोसी, बागमती, गण्डकी, कर्णााली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले शनिबार ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।   

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ,  ‘सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोसी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। साथै बिहानीपख तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्नको लागि आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध छ।’ 

आगामी सोमबारसम्म कस्तो रहला देशभरको मौसम?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad