खोटाङको हलेसी बजारमा लागेको आगो अरु घरमा पनि फैलिएको छ। पदम राईको हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट फैलिएको आगो निभाउन स्थानीयले प्रयास गरिरहेको भए पनि थप दुई घरमा फैलिएको स्थानीय खेमराज कार्कीले जानकारी दिए।
होटल हलेशी दर्शन रहेका प्रकाशचन्द्र गिरी र ओइराख राईको कल्याण होटलमा पनि आगलागी भइरहेको छ। पदम राईको घरमा रहेको निर्धन उत्थान लघुवित्तको कार्यालय पनि पूर्णरुपमा जलेको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रतिक विष्टले सदरमुकाम दिक्तेलबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितको टोली जाँदै गरेको बताए।
‘टोली यहाँबाट मूभ भइसकेका छौँ। तर त्यहाँ पुग्ने समय लाग्छ। जेसीबी पनि खोज्दै छौँ, सबै कुरा म्यानेज गर्दै जाँदैछौँ’, डीएसपी विष्टले भने।
अहिले स्थानीयले घरघरमा रहेका रिजर्भ ट्यांकीबाट पानी तानेर आगो निभाउने प्रयास गरिरहेका छन्। आगो नियन्त्रणबाहिर छ।
खोटाङ हलेसी बजारको ग्यास पसलमा आगलागी, पानी नहुँदा निभाउन सकस
Shares

प्रतिक्रिया