सन् २००३ मा विदेशमा नेपालीले सिकेको ज्ञान, सिप र पुँजीलाई नेपालको समृद्धिमा लगाउने उद्देश्यसहित स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए) को सञ्जाल ९० देशमा विस्तार भएको छ।
संघका महासचिव गौरीराज जोशीका अनुसार, सोलोभेनिया, माल्दोवा र क्रोएसियाका राष्ट्रिय समन्वय समितिहरू थपिएपछि संघको सञ्जाल ९० देशमा पुगेको हो।
जोशीका अनुसार यसअघि गठन भएको गैरआवासीय नेपाली संघ रोमानियाको पुनर्गठन गरेर सक्रिय पारिएको छ। गैरआवासीय नेपाली संघ युरोप संयोजक चिरञ्जीवी खड्काले संघले युरोप क्षेत्रमा मात्र ४ वटा राष्ट्रिय समितिहरू थपेर २९ देशमा नयाँ शाखा स्थापना गरिएको बताए।
खड्काका अनुसार, गैरआवासीय नेपाली संघ सोलोभेनियाको अध्यक्षमा विरमान श्रेष्ठ चयन भएका छन्। ९ सदस्यीय राष्ट्रिय समितिमा उपाध्यक्षमा गुनाखर गैरे, महासचिवमा एकेश मर्हजन, सहसचिवमा श्रीकृष्ण रानाभाट, कोषाध्यक्षमा श्रीकृष्ण बहादुर थापा, सहकोषाध्यक्षमा बद्री ढुंगाना, सदस्यहरूमा सुश्री गिता बस्नेत, ध्रुव नारायण घिमिरे र कमल बस्नेत चयन भएका छन्।
यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्दोवाको अध्यक्ष गिरीस उप्रेती चयन भएका छन्। उपाध्यक्षमा एकता क्षेत्री, महासचिवमा द्रोण प्रसाद पौडेल, सचिवमा गृस्मा उप्रेती, कोषाध्यक्षमा मुकेश वेलवासे, सदस्यहरूमा सूर्य बहादुर खड्का, मानबहादुर परियार, रस्सु शाह, मधुशुधन पौडेल, रामलाल न्यौपाने तोकिएका छन्।
यस्तै, एनआरएनए माल्दोवाको सल्लाहकारका रूपमा दुर्गा उप्रेती मनोनीत भएका छन्।
महासचिव जोशीका अनुसार, यसअघि स्थापना भएको गैरआवासीय नेपाली संघ रोमानियालाई पुनर्गठन गरिएको छ। पुनर्गठित समितिको अध्यक्षमा सुरेन्द्र गौतम, उपाध्यक्षमा माया तामाङ, फुसाङ तामाङ, महासचिवमा युवराज लामिछाने, सचिवमा लक्ष्मण गिरी, लाम्का पेन्जिङ्ग लामा, कोषाध्यक्षमा कविर श्रेष्ठ, सहकोषाध्यक्षमा सुजता नेसुर, युवा संयोजक प्रकाश श्रेष्ठ, महिला संयोजक कुमारी जिरेल, सदस्यहरू कुमारी जिरेल, आकाश घले, दीपेश कोइराला, नेत्र बहादुर बस्नेत, शंकर भण्डारी र ओविराम केसी मनोनीत भएका छन्।
यस्तै, संघको क्रोएसिया राष्ट्रिय समितिको संयोजकमा गम्भीरनाथ योगी, सदस्यहरूमा कमला राई, प्रमिला तामाङ, गंगा राई, जुनुमाया बन्जङ, सुकबहादुर तामाङ, विष्णु बिसी, विष्णुभक्त बिक, दीपकबहादुर चन्द र विकास राई मनोनीत भएका छन्।
खड्काका अनुसार, गैरआवासीय नेपाली संघ सोलोभाकिया राष्ट्रिय समितिको संयोजकमा जयप्रसाद सिवाकोटोलाई प्रस्ताव गरिएको छ।
यसैबीच, संघको नवगठित राष्ट्रिय समितिका पदाधिकारीहरूले आइतवार संघका अध्यक्ष डा. बद्री केसी समक्ष सपथ ग्रहण गरेका छन्।
Shares

प्रतिक्रिया