समाज


केआईआईटीको तेस्रो विज्ञप्ति : दुर्भाग्यपूर्ण घटना घट्यो, नेपाली विद्यार्थी कक्षामा फर्किनू

केआईआईटीको तेस्रो विज्ञप्ति : दुर्भाग्यपूर्ण घटना घट्यो, नेपाली विद्यार्थी कक्षामा फर्किनू

नेपालखबर
फागुन ५, २०८१ सोमबार १९:३३, काठमाडौँ

भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले नेपाली विलद्यार्थीलाई कक्षामा फर्किन आग्रह गरेको छ। विश्वविद्यालय प्रशासनले सोमबार एक अपिलपत्र जारी गर्दै दुर्भाग्यपूर्ण घटना घटेको पनि बताएको छ। 

'क्याम्पसमा हिजो साँझको समयमा एक दुर्भाग्यपूर्ण घटना घटेको छ। घटनापछि तत्काल प्रहरीले जाँच गरी दोषीलाई पक्राउ गरेको छ,' अपिलपत्रमा भनिएको छ, 'विश्वविद्यालयको प्रशासनले क्याम्पस र छात्रावासलाई सामान्यस्थिति फर्काउन पूरा प्रयास गरेको छ र शैक्षिक गतिविधिहरू पुनः सुरु गरिएको छ।'

प्रशासनले क्याम्पस छोडेका वा छोड्ने योजना बनाएका सबै नेपाली विद्यार्थीहरूलाई फर्केर कक्षामा सहभागी हुन आग्रह गरेको छ। विश्वविद्यालयका रजिस्ट्रारले यस घटनामा गम्भीरता देखाउँदै विद्यार्थीहरूसँग समन्वयको प्रयास गरिरहेको पनि अपिलमा उल्लेख छ। 

यसअघि एक पत्र सार्वजनिक गरेर विश्वविद्यालयले नेपाली तत्कालका लागि शान्ति सुरक्षा व्यवस्था गर्न अस्थायी प्रतिबन्ध लगाएको बताएको थियो। पछि फेरि प्रतिबन्ध फुकुवा गरेकोभन्दै विद्यार्थीलाई फर्किन आग्रह गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad