समाज


केआईआईटी कलेजको अनुमति स्थ‍गित गर्ने शिक्षा मन्त्रालयको चेतावनी

केआईआईटी कलेजको अनुमति स्थ‍गित गर्ने शिक्षा मन्त्रालयको चेतावनी

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १८:१८, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआई) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछिको घटनालाई समाधान नगरे वैदेशिक अध्ययन अनुमति पत्र दिन रोक्ने चेतावनी दिएको छ। 

मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै  उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई परेको कठिनाइलाई मध्यनजर गर्दै सम्बन्धित निकायसँग समन्वय गरिरहेको जानकारी पनि दिएको छ।  

मन्त्रालयले विद्यार्थीहरूको समस्या समाधानका लागि ठोस कदम चाल्न आग्रह गर्दै भारतीय पक्षसँग छलफल गरिरहेको विज्ञप्तिमा उल्लेख गरेको छ। 

यसै सन्दर्भमा, प्रभावित विद्यार्थीहरूलाई सहयोग पुर्‍याउन शिक्षा मन्त्रालयले सहजीकरणका लागि ‘हेल्प डेस्क’ स्थापना गरेको  जनाएको छ।

विद्यार्थीहरूले आफ्नो समस्या राख्न सकुन् भनेर मन्त्रालयले तीन जना सम्पर्क व्यक्ति तोकेको छ, जसमा राजु श्रेष्ठ, देवीराम आचार्य, र सपना खड्का छन्।

मन्त्रालयले भारतीय विश्वविद्यालयमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूका समस्या समाधानका लागि उच्चस्तरीय पहल भइरहेको स्पष्ट पारेको छ। साथै, यस्तो समस्या भविष्यमा दोहोरिन नदिन सरकारले थप रणनीतिक नीति अवलम्बन गर्ने जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad