समाज


रुपन्देहीमा प्रकृति लम्सालको अन्त्येष्टि

रुपन्देहीमा प्रकृति लम्सालको अन्त्येष्टि

फाइल तस्बिर: प्रकृति लम्साल


नेपालखबर
फागुन ८, २०८१ बिहिबार ८:४०, काठमाडौँ

भारतीय प्रान्त ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा गत आइतबार मृत फेला परेकी  नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि गरिएको छ।

बुधबार राति नेपाल ल्याइएको उनको शव आज बिहानै गृहजिल्ला रुपन्देहीको भैरहवास्थित स्वर्गद्वारी घाटमा दाह संस्कार गरिएको हो। 

उनको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्‍याइएको थियो। शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका साथै केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए । उनलाई हजुरबुवा देवनाथ लम्सालले मुखाग्नि दिएका थिए। 

केआईआईटी कलेज प्रशासनले प्रकृतिले आत्महत्या गरेको दाबी गरेको छ।

तर उनलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा त्यही कलेजका एक भारतीय विद्यार्थीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा लगाइएको छ। साथै कलेजका अन्य ५ कर्मचारी पनि अनुसन्धानको घेरामा छन्। 

गत आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। साँझबाटै विद्यार्थीहरूले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए।

तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरूलाई उल्टै दमन गरेको थियो।

त्यसपछि भएको विवादले उग्ररूप लिएपछि नेपाली विद्यार्थीलाई कुटपिट गर्दै जबर्जस्ती निकालिएको थियो। उनीहरू विभिन्न नाका हुँदै स्वदेश फर्किरहेका छन्।

बुधबार साँझसम्म १६८ विद्यार्थी स्वदेश फर्किएका छन्।

नेपाल फर्किएका विद्यार्थीले साथीको मृत्युपश्चात् त्रासका कारण आफूहरू नेपाल फर्किनु परेको बताएका छन्।

शंकास्पद अवस्थामा  मृत फेला परेपछि कलेजमा अध्ययनरत विद्यार्थीको प्रदर्शनपछि कलेजले उनीहरूलाई निकालेको थियो।

उक्त घटनामा क्याम्पस प्रशासनले माफी मागेर नेपाली विद्यार्थीलाई कक्षामा फर्किन आह्वान गरिसकेको छ। तर, विद्यार्थीहरू फर्किएका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad