मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ओडिसा राज्यको भुवनेश्वर स्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल एण्ड टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको हत्यामा संलग्न व्यक्तिलाई कारबाही गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ।
मूल प्रवाह पूर्वी भारत क्षेत्रीय समितिले भुवनेश्वर पुलिस कमिस्नरलाई ज्ञापन पत्र बुझाएको हो।
ज्ञापन पत्रमा प्रकृति लम्सालको मृत्युबारे निष्पक्ष जाँच गर्न तथा दोषीउपर कडा कारबाही गर्न माग गरिएको छ।
यस्तै, कलेज प्रशासनद्वारा नेपालली विद्यार्थीमाथि भएको अमानवीय दुर्व्यवहार, मारपिट तथा प्रताडित गर्दै कलेज एवं छात्रावासबाट जबरजस्ती निष्काशित गरिएको विषयलाई समेत निष्पक्ष छानबिन गरी दोषी उपर उचित कारबाही गर्न माग गरिएको छ।
मूल प्रवाहले होस्टेलबाट लखेटिएका नेपाली विद्यार्थीलाई सम्मान एवम् सुरक्षाका साथ फर्केर सोही छात्रावासमा बसेर पढ्ने वातावरण निर्माणका लागिसमेत प्रहरीसँग माग गरेको छ।
मूल प्रवाह पूर्वी भारत क्षेत्रीय समितिका अध्यक्ष हेमकुमार थापा, सचिव गिरीराज परियार, सदस्यहरू समर माझी, रेकम जिसी, शशिकला जिसी, कौशल्या परियार, सुन्तली माझी लगायत मूल प्रवाहको प्रतिनिधि मण्डल ज्ञापन पत्र लिएर प्रहरी कमिस्नरलाई भेट्न पुगेको थियो ।
Shares

प्रतिक्रिया