समाज


काठमाडौँबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना, १७ जना घाइते

काठमाडौँबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना, १७ जना घाइते

घटनास्थल


नेपालखबर
फागुन १३, २०८१ मंगलबार १०:१४, काठमाडौँ

काभ्रेमा आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

मंगलबार बिहान करिब साढे आठ बजे बीपी राजमार्गमा पर्ने धुलिखेल नगरपालिका- १० शारादा बतासेमा बागमती प्रदेश ३-०१-००५ ख ९९४२ नम्बरको बस दुर्घटनामा परेको हो। 

काठमाण्डौँबाट रामेछापतर्फ जाँदै गरेको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

बस सडकको नालीमा खसेको छ। उक्त दुर्घटनामा बसमा सवार चालक र सह-चालकसहित १७ जना घाइते भएका हुन्। 

उनीहरुलाई घटनास्थलबाट उद्धार गरेर धुलिखेल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरुको नाम, थर, वतन र अवस्था खुल्न बाँकी छ।

घटनास्थलमा अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट प्रहरी सहायक निरीक्षक हरि बहादुर काफ्लेको कमाण्डमा ४ जना ट्राफिक सहितको टोली खटिएको छ।

दुर्घटनामा परेको बस अहिले घटना स्थलमै छ। दुर्घटनाको कारण बाटो अवरोध नभएको प्रहरीले जनाएको छ। 

बसमा २४ जना सवार थिए। घाइतेमध्ये  चालक र सहचालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउँन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad