काभ्रेमा सुक्खा पहिरो खस्दा एक मजदुरको ज्यान गएको छ।
पर्सा जिल्लाको सखुवापर्सेनी गाउँपालिका–३ बस्ने कैलेश्वर माझीको छोरा अन्दाजी वर्ष ३८ को दुर्जन माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।
नमोबुद्ध नगरपालिका–१ कानाकोटस्थित वृद्धाश्रमको भवन बनाउने क्रममा माझलाई माथिबाट सुक्खा पहिरो खसेर भवनको दोस्रो तल्लाको पिल्लर ढली रडले टाउकोमा लागेको थियो।
सो सम्बन्धी खबर प्राप्त हुनसाथ प्रहरी चौकी श्यामपाटीबाट प्रहरी हवल्दार लोक नाथ सापकोटाको कमान्डमा प्रहरी टोली खटी गएको थियो।
घटनास्थल मुचुल्काको लागि इप्रका मंगलटारबाट प्रहरी निरीक्षक कृष्ण गिरीको कमान्डमा प्रहरी टोली खटि गई अनुसन्धान कार्य भइरहेको काभ्रे प्रहरीले जनाएको छ।
27
Shares

प्रतिक्रिया