समाज


युवती हत्या आरोपमा युवक पक्राउ

युवती हत्या आरोपमा युवक पक्राउ

नेपालखबर
फागुन १५, २०८१ बिहिबार १९:१०, काठमाडौँ

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले हत्या आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार, फागुन १४ गते राति करिब २ बजे पाँचखाल नगरपालिका–३, काफ्लेटी सामुदायिक जंगलमा मानव कंकाल फेला परेको थियो। 

प्रारम्भिक अनुसन्धानपछि काभ्रेपलाञ्चोक प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ३६ वर्षीय सुनिल रंजितकारलाई पक्राउ गरेको हो।

अनुसन्धानका क्रममा, मृतकको हत्या गरेर जंगलमा फालिएको हुन सक्ने देखिएको छ। प्रहरीले हत्याका कारण तथा अन्य विवरणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

पक्राउ परेका व्यक्तिलाई फागुन १५ गते अदालतमा पेस गरी म्याद थप गरिसकेको प्रहरी निरीक्षक दिनेश बहादुर कुवँरले जानकारी दिए।
थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad