सिन्धुलीको घ्याङलेख गाउँपालिका–४ आहालेका ४६ वर्षीय युगबहादुर स्याङ्तानको गोली लागेर मृत्यु भएको पुष्टि भएको छ। रुखबाट लडेर घाइते भएका भनिएका युगबहादुरको उपचारका क्रममा आज मृत्यु भएको थियो।
उनका अनुसार घाँस काट्ने क्रममा रुखबाट लडी गम्भीर घाइते भई केएमसी अस्पताल सिनामङ्गल काठमाडौँमा लगी उपचार भइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय बस्तीपुरबाट प्रहरी निरीक्षक टीकाराज बरालको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान सुरु गरेको थियो।
प्रनाउ काफ्लेले भने, ‘अस्पतालमा उपचार गराइरहेका युगबहादुरको आज बिहान ८ बजे मृत्यु भएको सूचना हामीले पायौँ।’ अनुसन्धानका क्रममा उपचारमा संलग्न चिकित्सकले योगबहादुरको तिघ्रामा गोलीको छर्रा भेटिएको जानकारी दिए।
जिल्ला प्रहरीले समन्वय गरी प्रहरीवृत्त गौशाला, काठमाडौँबाट उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रनाउ काफ्लेले जानकारी दिए। पक्राउ परेका व्यक्तिहरु घरेलु बन्दुक लिइ सिकार खेल्न जङ्गल गएकामा निज घाइते युगबहादुर स्याङतानलाई बन्दुकको छर्रा लागेर घाइते भएको र उपचारका लागि काठमाडौँ ल्याइएको खुल्न आएको छ। घटनामा संलग्न अन्य व्यक्तिकोसमेत खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस
207
Shares

प्रतिक्रिया