समाज


स्वर्गद्वारी गुठीपीडितको प्रदर्शनमा झडप, प्रहरीका डीएसपी पौडेल घाइते

स्वर्गद्वारी गुठीपीडितको प्रदर्शनमा झडप, प्रहरीका डीएसपी पौडेल घाइते

स्वर्गद्वारी गुठीपीडितको प्रदर्शन ।


नेपालखबर
फागुन १८, २०८१ आइतबार १३:२८, काठमाडौँ

काठमाडौँको नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। झडपमा परेर नेपाल प्रहरीका डीएसपी गंगा पौडेल घाइते भएका छन्। 

स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले गरेको प्रदर्शन उग्र बनेपछि नियन्त्रण लिन लागेको प्रहरीमाथि आक्रमण भएको हो।    

सिंह दरबार प्रहरी वृत्तका डीएसपी पौडेललाई उपचारका लागि सिभिल अस्पताल नयाँ बानेश्वर लगिएको छ। उनको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा एसएसपी विश्व अधिकारीले नेपालखबरलाई जानकारी दिए।  

'प्रदर्शनकारीले प्रहरीलाई झुक्याए। उनीहरू बिजुलीबजारबाट र्‍यालीसहित माइतीघर आउने भनेका थिए तर, प्रहरीलाई झुक्याएर बानेश्वरतिर गए,' उनले भने,' बानेश्वरमा निषेधित क्षेत्र तोडेपछि प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारीले भाटाले हानेर प्रहरीलाई घाइते बनाए।'

अधिकारीका अनुसार १२ प्रदर्शनकारी पनि घाइते भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad