सडक विभागले पूर्वपश्चिम राजमार्गमा पर्ने सिरहाको कमला पुलदेखि सर्लाहीको बागमती पुलसम्मको राजमार्ग स्तरोन्नतिको काम अघि बढाउने भएको छ।
कमला ढल्केवर पथलैया सडक आयोजना (पूर्वी खण्ड) ले सूचना जारी गर्दै यो सडकलाई चार लेनमा बिस्तार गर्न लागिएको जानकारी दिएको हो। आयोजनाले सडकखण्ड विस्तार गर्न लागिएकाले सडक क्षेत्रलाई अतिक्रमण नगर्न सबैमा अनुरोध गरेको छ।
सरकारले एशियन हाइवेको मापदण्ड अनुसार पूर्वपश्चिम राजमार्गलाई चार लेनमा बिस्तार गरिरहेको छ। मेची पुलदेखि सिराहाको कमला पुलसम्मको सडक खण्डमा पुल निर्माण, सडक चौडा पार्ने लगाएका काम भइरहेको छ।
एसियन हाइवे : ६ लेनमा विस्तार हुँदै पूर्वपश्चिम राजमार्ग, काम सुस्त हुँदा यात्रुलाई सास्ती
अब कमला पुलदेखि बागमती पुलसम्मको ७४ दशमलव ७५ किमी सडकलाई पनि दुई लेनबाट चार लेनमा बिस्तार गर्न लागिएको आयोजनाले जनाएको छ।
‘यो सडक विस्तारको लागि तीनवटा ठेक्का व्यवस्थापन भइ गएको पुस १७ गतेदेखि नै सम्बन्धित निर्माण व्यवावसायी मार्फत् निर्माण कार्य सुरु भइसकेको व्यहोरा अनुरोध छ,’ आयोजनाले जारी गरेको सूचनामा भनिएको छ, ‘उल्लेखित सडक खण्डको सडक सीमा केन्द्र रेखाबाट दायाँबायाँ २५ २५ मिटर रहेको व्यहोरा पुन जानकारी गराइन्छ। यो सडक खण्डको सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्ने, व्यापार व्यवसाय सञ्चालन गर्ने, बालीनाली लगाउने लगायतका क्रियाकलाप नगर्न नगराउन पुनः यसै सूचनामार्फत् सबैलाई सूचित गरिन्छ।’
हेर्नुहोस् सूचना

Shares

प्रतिक्रिया