समाज


एआईजी भट्टराईलाई प्रदेश समन्वय विभागको जिम्मेवारी

एआईजी भट्टराईलाई प्रदेश समन्वय विभागको जिम्मेवारी

नेपालखबर
फागुन २३, २०८१ शुक्रबार १४:३३, काठमाडौँ

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका जनक भट्टराईलाई प्रदेश समन्वय विभागको जिम्मेवारी दिइएको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले २ सातापछि अनिवार्य अवकाश हुने भट्टराईलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। 

त्यसअघि नै बढुवा समितिले उनलाई बढुवा गर्न सिफारिस गरेको थियो। डीआईजी हुँदा कर्णाली प्रदेश प्रहरी प्रमुख रहेका उनलाई एआईजीमा भने रिक्त स्थानमै पदस्थापन गरिएको हो। 

एआईजी रवीन्द्र केसीले भट्टराईलाई बढुवा गर्नकै लागि माघ २५ गते राजीनामा दिएका थिए। उनको राजीनामापछि रिक्त स्थानमा मन्त्रिपरिषद्ले भट्टराईलाई पदस्थापन गरेको हो। उनलाई बुधबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न प्रदान गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad