समाज


मध्यराति घरमा आगो लाग्दा १२ वर्षीय बालकको मृत्यु

मध्यराति घरमा आगो लाग्दा १२ वर्षीय बालकको मृत्यु

नेपालखबर
फागुन २६, २०८१ सोमबार ८:१८, सुर्खेत

जाजरकोटमा आगलागीमा परेर एक बालकको मृत्यु भएको छ। कुशे गाउँपालिका-८ ग्राक्ली निवासी जनक रोकायाको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा अम्मर रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गएराति १२ बजेको समयमा ६ कोठा भएको दुईतले कच्ची घरमा आलगाली भएको हो। 

घरको माथिल्लो तलामा खाना बनाउन बालेको आगोबाट एक्कासी आगलागी हुँदा सोही कोठामा सुतिरहेका बालकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

उक्त आगलागीबाट घर पूर्ण रुपमा जलेको छ। घरसँगै घरभित्र भित्र रहेको अन्नपात, भाडा बर्तन, लत्ताकपडा, ८ आनाको सुनको तिलहरी र नगद एक लाख पच्चिस हजार रुपैयाँसमेत जली नष्ट भएको छ।

आगो स्थानीय र प्रहरीको सहयोगमा बिहान ४ बजेको पूर्णरुपमा नियन्त्रणमा आएको छ। पशु चौपायको क्षती भने नभएको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad