समाज


महिला न्यायाधीशहरू नेपालको न्यायालयको गौरव हुनुपर्छ: प्रधानन्यायाधीश राउत

महिला न्यायाधीशहरू नेपालको न्यायालयको गौरव हुनुपर्छ: प्रधानन्यायाधीश राउत

नेपालखबर
फागुन २६, २०८१ सोमबार १२:२४, काठमाडौँ

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महिला न्यायाधीशहरू नेपालको न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्ने बताएका छन्।

सोमबार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो तर्फबाट महिलाहरूलाई न्यायालय र न्यायप्रणालीको गौरव बनाउने कुरामा सकेको सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

उनले गौरव सहजै प्राप्त नहुने भन्दै न्याय सम्पादनको कुरामा अविचलित अडान राख्दा, निष्पक्षता कायम गर्दा, विवेकपूर्ण निर्णय गर्दा, स्वच्छता कायम गर्दा मात्रै गौरव प्राप्त हुने धारणा पनि राखे।

प्रधानन्यायाधीश राउतले भने, ‘महिला न्यायाधीशहरू नेपालको न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्दछ। यसमा म तपाईंहरूलाई मेरा तर्फबाट जुन भूमिका निर्वाह गर्नुपर्दछ, म शुभकामना, बधाई दिन चाहन्छु। म तपाईंको लागि कुनै सहयोग गर्नुपरे कुनै कसर बाँकी राख्ने छैन। यो महिला न्यायाधीशहरूको गौरवको कुरा गर्दा त्यो गौरव त्यसै आउँदैन। न्याय सम्पादनको कुरामा अविचलित अडान राख्दा, निष्पक्षता कायम गर्दा, विवेकपूर्ण निर्णय गर्दा, स्वच्छता कायम गर्दा मात्रै त्यो गौरव प्राप्त हुन्छ। न्यायपालिकाको गरिमा र मर्यादा अभिवृद्धि हुन सक्छ।’

प्रधानन्यायाधीश राउतले अहिलेको न्यायालयको नेतृत्वले न्यायिक सुधारलाई प्राथमिकता दिएर अघि बढिरहेको दाबी पनि गरे।

न्याय सम्पादनको कार्य जटिल रहेको अनुभव पनि उनले कार्यक्रममा सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad