समाज


मर्यादित रुपमा होली मनाउन उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयको अनुरोध

मर्यादित रुपमा होली मनाउन उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयको अनुरोध

फाइल तस्बिर


नेपालखबर
फागुन २८, २०८१ बुधबार ७:१, काठमाडौँ

काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर होली पर्व मनाउन सबैमा अनुरोध गरेका छन्। 

तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै होलीलाई मर्यादित बनाउन आग्रह गरेका हुन्। 

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले उच्छृङ्खल र तडकभडक नभई शान्तिपूर्ण रूपमा पर्व मनाउन सबैमा अनुरोध गरिएको जानकारी दिए।  

पौडेलले मंगलबार जारी गरेको सूचनामा भनिएको छ, ‘सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ। तसर्थ चाडपर्वहरूको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्तिमा खलल, कसैको इच्छाविपरीत रङ एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबर्जस्ती रङ दल्ने काम नगर्न र अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यानसमेत जान सक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न÷नगराउन सबैमा अनुरोध छ।’

आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन नहुने गरी सांस्कृतिक पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन तीनवटै जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोध गरेका छन्।

ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले मंगलबार छुट्टाछुट्टै सूचना जारी गर्दै होली पर्व शान्तिपूर्ण र संस्कृतिअनुसार सभ्य भएर मनाउन आग्रह गरेका छन्। 

यस वर्ष फागुन २९ गते पहाडी तथा हिमाली जिल्लामा र चैत १ गते तराई मधेसका जिल्लामा होली पर्व मनाइँदैछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad