समाज


महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापतिसहित ६ जना पक्राउ

महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापतिसहित ६ जना पक्राउ

नेपालखबर
चैत १, २०८१ शुक्रबार १७:३४, काठमाडौँ

विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिसहित ६ जना पक्राउ परेका छन्।

निवार्चन अधिकृतको कार्यकक्ष तोडफोड गर्ने क्रममा स्ववियु सभापति जशवन्त पौडेलसहित ६ जनालाई पक्राउ गरेको मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमोरियाले बताए।

एसपी चिमोरियाका अनुसार स्ववियु सचिव सनिम ठकुरी, सदस्य प्रज्वल अधिकारी, रोशन पासवान, नवीन तिवारी र तिलक खड्का पनि पक्राउ परेका छन्।

शुक्रबार दिउँसो निर्वाचन अधिकृतको कार्यकक्षको ताला फुटाएर कुर्सी तोडफोड गर्न थालेपछि प्रहरीले पक्राउ गरिएको जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad