समाज


स्ववियु निर्वाचन: अधिकांश क्याम्पसमा मतदान जारी

स्ववियु निर्वाचन: अधिकांश क्याम्पसमा मतदान जारी

म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा मतदान गर्दै सभापति पदका चार उम्मेदवार। तस्बिर: रासस


नेपालखबर
चैत ५, २०८१ मंगलबार १०:२, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अहिले मतदान चलिरहेको छ। 

मंगलबार बिहान आठ बजेदेखि ४६ आङ्गिक र दुईसय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए।

उनले अधिकांश क्याम्पसमा मतदान सुरु भइरहेको जानकारी दिए। मतदान अपराह्न दिउँसो चार बजेसम्म चल्ने छ। 

मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने अधिकारीले बताए। त्रिविले प्रत्येक दुईदुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ। 

निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन्।

स्ववियु निर्वाचन २०६५ सालदेखि भने नियमित हुनसकेको थिएन। एकैपटक २०७३ चैत १५ गते निर्वाचन भएको थियो। त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो। 

त्रिविमा २०१८–१९ देखि प्रत्यक्ष प्रणालीबाट निर्वाचन हुँदै आएकामा २०३० सालसम्म प्रत्येक वर्ष र २०३६ सालदेखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन थालेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad