समाज


झापामा कोरोना संक्रमित भेटिएको भन्दै झुटो प्रचार गर्ने पक्राउ

झापामा कोरोना संक्रमित भेटिएको भन्दै झुटो प्रचार गर्ने पक्राउ

नेपालखबर
चैत १५, २०७६ शनिबार २:३३,

झापामा कोरोना भाइसरको संक्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्तिलाई प्रहरीले शुक्रबार साँझ दमकबाट पक्राउ परेको छ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार दमक-१ निवासी ३५ वर्षीय कुमार राईलाई पक्राउ गरिएको हो।

उनले सामाजिक सञ्चालमा झापामा कोरोना संक्रमित भेटिएको भन्दै भ्रमपूर्ण प्रचार गरेका प्रहरीले जनाएको छ।

यसैबीच सङ्क्रमणबाट बच्न झापामा ३४१ क्वारेन्टाइन निर्माण गरिएको छ।

जसमध्ये सबैभन्दा धेरै क्वारेन्टाइन विर्तामोड नगरपालिकाले निर्माण गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad