समाज


धनुषामा तनाव, प्रहरीले बल प्रयोग गरेर खुलायो सडक

धनुषामा तनाव, प्रहरीले बल प्रयोग गरेर खुलायो सडक

नेपालखबर
चैत १७, २०८१ आइतबार १६:१५, काठमाडौँ

धनुषाका अंशु यादवको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अवरोध गरिएको जनकपुर–जलेश्वर सडक प्रहरीले खुलाएको छ।

होलीका दिन छुरा प्रहारबाट यादवको हत्या भएपछि दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले आइतबार सडक अवरोध गरेका थिए।

बिहान ९ बजेदेखि अवरुद्ध सडक प्रहरीले बल प्रयोग गरेर दिउँसो सञ्चालनमा ल्याएको हो।

जनकपुर–जलेश्वर सडक खण्डको बिन्धीमा अवरोध हटाउन प्रहरीले १० राउन्ड अश्रुग्यास प्रहार गरेको थियो।

स्थानीयले सडकमै टायर बालेर अवरुद्ध गरेका थिए। सडक खुलाउन गएका सुरक्षाकर्मीलाई ढुंगामुढा प्रहार गरेका थिए। झडपमा दुवै पक्षका केकही व्यक्ति घाइते भएको धनुषा प्रहरीले जानकारी दिएको छ।

गत चैत २ गते जनकपुरमा होली खेल्ने क्रममा विवाद हुँदा १५ वर्षीय अंशु यादवमाथि छुरा प्रहार भएको थियो।

हत्या आरोपमा स्थानीय २१ वर्षीय धर्मेन्द्र महतो पक्राउ परेका छन्। अरु भने भारत फरार भएको प्रहरीको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad