ad ad

समाज


दार्जिलिङमा पनि देखियो पहिलोपटक कोरोना संक्रमण

दार्जिलिङमा पनि देखियो पहिलोपटक कोरोना संक्रमण

शैलेन्द्र समदर्शी
चैत १६, २०७६ आइतबार ३:२५,

भारतको दार्जिलिङमा पनि कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेका छन्। यहाँका लागि यो पहिलो घटना हो।

दार्जिलिङको कालेबुङ जिल्ला निवासी ४५ वर्षीय महिलालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो।

कोरोना भाइरसको लक्षण देखिएपछि ती महिलालाई उत्तर बंगाल मेडिकल कलेज तथा अस्पताल (नर्थ बंगाल मेडिकल कलेज एन्ड हस्पिटल) भर्ना गरिएको थियो।

उनको नमुना परीक्षणको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको जानकारी अस्पतालले शनिबार दिएको हो।

अस्पताल सूत्रका अनुसार संक्रमित ती महिला केही दिनअघि चेन्नइबाट फर्केकी थिइन्।

हाल उनको उपचार त्यही अस्पतालमा भइरहेको छ।

यसैबीच पश्चिम बंगालमा कोरोना संक्रमितको संख्या १८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .