यही चैत १५ गते राजावादीकाे हिंसात्मक आन्दाेलनकाे क्रममा कोटेश्वरको भाटभटेनी सुपरमार्केट लुटपाटको घटना नियन्त्रणमा बहादुरी देखाउने सुरक्षा गार्ड दुरप्रसाद पराजुली पुरस्कृत भएका छन्।
उनलाई आज एक कार्यक्रमबीच भाटभटेनी सुपरमार्केटले ५ लाख नगद रुपैयाँ र पाँच ग्रेड बढुवासहित सम्मान प्रदान गरेको हो।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत यही १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड पराजुलीलाई ५ लाख एक हजार एक सय ११ नगद रुपैयाँ पुरस्कार प्रदान गरेका छन्।
उनले पराजुलीलाई पाँच ग्रेड बढुवा गरिएको घोषणासमेत गरेका छन्। पराजुलीसँगै अन्य चारजना सुरक्षा गार्डलाई पनि ५१ हजार एकसय ५१ रुपैयाँ प्रदान गरिएको कम्पनीले जनाएको छ।
गएको शुक्रबार राजावादीहरूको हिंसात्मक प्रर्दशनका क्रममा भएको तोडफोड तथा लुटपाटबाट ८० लाख भन्दा बढीको क्षति भएको सो कम्पनीले जनाएको छ।
राजावादी समूहका कार्यकर्ता प्रवेश गरेर भाटभटेनी तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए। त्यसक्रममा सुरक्षा गार्ड पराजुलीले लुटेराहरुलाई लाठी प्रहार गर्दै बाहिर निकालेका थिए।
Shares

प्रतिक्रिया