समाज


काभ्रे बस दुर्घटना: यी हुन् ११ घाइते (नामावली)

चालक प्रहरी नियन्त्रणमा
काभ्रे बस दुर्घटना: यी हुन् ११ घाइते (नामावली)

नेपालखबर
चैत २८, २०८१ बिहिबार ११:१६, काठमाडौँ

आज बिहान काभ्रेको रोशीमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। 

बिहीबार बिहान करिब साढे ८ बजे बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका- ९ दाउनेमा काठमाडौँबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३-०१- ००६ ख १३३९ नम्बरको  बस दुर्घटनामा परेको हो। 

घाइतेमध्ये एक वृद्धाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

वर्षाको कारण ब्रेक नलाग्दा अनियन्त्रित भएको बसले खाँदबारीबाट काठमाडौँतर्फ आउँदै गरेको मे.१ ख ३३९४ नम्बरको हाइस गाडीलाई ठक्कर दिएर सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएकाे छ।

दुर्घटनामा बसमा सवार १५ जनामध्ये ११ जना घाइते भएका हुन्। घाइतेलाई उपचारको लागि प्राथमिक स्वाश्यकेन्द्र मंगलटारमा पठाईएको छ। 

यी हुन् ११ जना घाइते 
१) जिल्ला सोलु लिखुपिके गा.पा. ३ बस्ने वर्ष ७३ की सुन्तली बिक, टाउकोमा चोट (अवस्था गम्भीर)
२) ऐ.ऐ. बस्ने वर्ष ७० को छत्र ब. बिक, टाउकोमा चोट (अवस्था मध्यम)
३ )जिल्ला रामेछाप मन्थली न.पा. ९ बस्ने वर्ष अ. ३४ को रामसरण बिक, टाउको र दाहिने पातोमा चोट (अवस्था मध्यम )
४)जि. काभ्रे बनेपा न.पा.१३ बस्ने वर्ष ३३ कि सिता श्रेष्ठ, टाउको ठोकिएको (अवस्था मधयम)
५) जि. रामेछाप गोकुलगंगा गा.पा.१ बस्ने वर्ष अ. २७ को पुजन श्रेष्ठ, बायाँ करङ ठोकिएको (अबस्था मध्यम)
६) जिल्ला काठमाण्डौ नागार्जुन न.पा.९ बस्ने वर्ष अ. ३५ को कुमुद देबकोटा, टाउको र ढाडमा चोट (अबस्था मध्यम)
७) जिल्ला भक्तपुर चागुनारायण न.पा.४ बस्ने वर्ष ६२ को जनक बुढाथोकी,  नाकमा चोट (अबस्था सामान्य डिस्चार्ज भएको )
८) जिल्ला रामेछाप गोकुलगंगा गा.पा.५ बस्ने वर्ष ३५ को पदम सुनुवार, टाउकोमा चोट (अबस्था मध्यम)
९) जिल्ला रामेछाप बाम्तिभण्डार बस्ने वर्ष ५० को ङावा शेर्पा, करङ ठोकिएको (अबस्था मध्यम)
१०) ऐ.ऐ.बस्ने निजको छोरा वर्ष १० को ङिमा शेर्पा, नाकमा  चोट (अबस्था सामान्य )
११) जिल्ला रामेछाप गोकुलगंगा गा.पा.३ बस्ने वर्ष २० कि सुजता सुनुवार, (सामान्य डिस्चार्ज भएको )

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad