समाज


आन्दोलनरत शिक्षकका माग पूरा गर्न शिक्षा मन्त्रालयले थाल्यो अर्थ मन्त्रालयसँग छलफल

आन्दोलनरत शिक्षकका माग पूरा गर्न शिक्षा मन्त्रालयले थाल्यो अर्थ मन्त्रालयसँग छलफल

शिक्षामन्त्री विद्या भट्टराई (फाइल फोटो)


नेपालखबर
चैत ३१, २०८१ आइतबार १४:३९, काठमाडौँ

१२ दिनदेखि आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थ मन्त्रालयसँग छलफल सुरु गरेको छ।

शिक्षकका माग पूरा गर्न स्रोत व्यवस्थापनका विषयमा शिक्षामन्त्री विद्या भट्टराईले अर्थ मन्त्रालयसँग छलफल थालेकी हुन्।

यसअघि चैत २८ गते आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच छलफल भएको थियो।

छलफलका क्रममा शिक्षक आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महासंघले २४ बुँदे पत्र मन्त्रालयमा बुझाएको थियो।

‘अर्थ मन्त्रालयसँगको छलफलपछि शिक्षक महासंघसँग छलफल हुन्छ’, मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने। 

शिक्षा ऐन जारी गरिनुपर्ने मुख्य मागसहित चैत २० देखि शिक्षकहरू काठमाडौँमा आन्दोलन गरिरहेका छन्। 

तर सँगसँगै उनीहरूले छलफल र वार्ता पनि जारी राखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad