सरकार र नेपाल शिक्षक महासंघबीच अहिले सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता भइरहेको छ।
शुक्रैबार वार्ता गर्ने भनेर सिंहदरबारको गेटमा पुगेका शिक्षक प्रतिनिधिमण्डल त्यसै फर्किएका थिए। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शुक्रबार ‘विशेष कारणवश’ वार्ता हुन नसकेको बताएका थिए।
त्यसपछि शुक्रबार साँझ शिक्षा मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरूलाई आज शनिबार बिहानका लागि वार्तामा आउन आह्वान गरेका थिए।
सोहीबमोजिम अहिले आन्दोलनरत शिक्षकको वार्ता टोली र शिक्षा मन्त्रालयबीच वार्ता भइरहेको हो।
तत्काल नयाँ शिक्षा ऐन ल्याउनुपर्ने प्रमुख मागसहित नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरिका शिक्षक काठमाडौँमा २५ दिनदेखि आन्दोलनरत छन्।
शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियानसहित विद्यालय तहका सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको छ।
सोही कारण वैशाख ११ गते गर्ने भनिएको कक्षा १२ को वार्षिक परीक्षा पनि वैशाख २१ का लागि सारिएको छ।
Shares

प्रतिक्रिया