समाज


शिक्षक–सरकार वार्ता सकियो, सहमति के भयो?

शिक्षक–सरकार वार्ता सकियो, सहमति के भयो?

नेपालखबर
बैशाख १३, २०८२ शनिबार ९:४६, काठमाडौँ

सरकार र नेपाल शिक्षक महासंघबीच आज बिहान सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता सकिएको छ। 

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले वार्ता भर्खरै सकिएको र छलफल र संवादलाई निरन्तरता दिने सहमति भएको जानकारी दिए।

तर आफूहरूको आन्दोलन जारी रहने उनले बताए। 

अध्यक्ष सुवेदीले भने, ‘शिक्षक महासंघ आन्दोलनमा छ। मन्त्रीको उपस्थितिमा छलफल भयो। छलफललाई निरन्तरता दिने सहमति भयो। अर्काे बैठक कहिले भन्ने भएको छैन। छलफलबाट तय हुनेछ।’

तत्काल नयाँ शिक्षा ऐन ल्याउनुपर्ने प्रमुख मागसहित नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरिका शिक्षक काठमाडौँमा २५ दिनदेखि आन्दोलनरत छन्।

शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियानसहित विद्यालय तहका सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको छ।

सोही कारण वैशाख ११ गते गर्ने भनिएको कक्षा १२ को वार्षिक परीक्षा पनि वैशाख २१ का लागि सारिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad