सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा नेपाली पेनका प्रधान सम्पादक दीपेश केसीसँग १० हजार रुपैयाँ धरौटी मागेको छ।
न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले केसीविरुद्धका दुईवटा मुद्दामा एकसाथ सुनुवाइ गरी धरौटीमा रिहा हुने आदेश गरेको हो।
केसीविरुद्ध सर्वोच्च अदालत प्रशासन र अधिवक्ता दीपकराज जोशीले छुट्टाछुट्टै निवेदन दायर गरेका थिए।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेको भनी उक्त अनलाइनमा प्रकाशित सामग्री अदालतको अवहेलनाजन्य देखिएको आरोपमा केसीविरुद्ध मुद्दा दायर भएका हुन्।
केसीसँग इजलासमा बयान लिएपछि प्रारम्भिक बहस भएको थियो। बहसपछि धरौटीमा छाड्ने आदेश भएको र धरौटी बुझाएर रिहा हुने क्रममा रहेको केसीले नेपालखबरलाई जानकारी दिए।
केसीलाई शुक्रबार हाजिरी जमानीमा छाडिएको थियो।


Shares

प्रतिक्रिया