समाज


राति पनि देशव्यापी वर्षा, हिमपात र हुरीको सम्भावना

राति पनि देशव्यापी वर्षा, हिमपात र हुरीको सम्भावना

नेपालखबर
बैशाख २१, २०८२ आइतबार २०:६, काठमाडौँ

देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने क्रम जारी छ। 

आज आइतबार राति पनि सातै प्रदेशमा पानी र हिउँ पर्ने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। 

महाशाखाका अनुसार आज राति केही प्रदेशमा भारी वर्षा र हुरीको समेत सम्भावना छ। 

हेर्नुहोस् सात प्रदेशको विस्तृत मौसम विवरण-

कोसी प्रदेश: हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मधेस प्रदेश: तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बागमती प्रदेश:  हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

गण्डकी प्रदेश: हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ। तराई क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ।

लुम्बिनी प्रदेश: हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ। तराई क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ।

कर्णाली प्रदेश: हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेश: हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad