नेपाली सेनाका दुई जना महासेनानी सहायक रथीमा बढुवा भएका छन्।
सरकारले आइतबार सार्वजनिक गरेको मन्त्रिपरिषद्को निर्णय अनुसार महासेनानी मनोज थापा र अर्जुन बस्नेत सहायक रथीमा बढुवा भएका हुन्।
सहायक रथीमा बढुवा भएका थापा १४ नम्बर बाहिनी गौचरणको बाहिनीपतीमा पदस्थापन भएका छन्। यसअघि महासेनानी हुँदा पनि उनै यसै बाहिनीमा निमित्त प्रमुख थिए।
अर्जुन बस्नेतको निरक्षिण निर्देशनालयमा पदस्थापन गरिएको छ। यसअघि निमित्त निर्देशक रहेका बस्नेत बढुवा सँगै निर्देशकको जिम्मेवारी पनि पाएका छन्।
399
Shares

प्रतिक्रिया