शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा आयोगको १६ बैठकले गरेको निर्णय अनुसार आठौँ तह बराबरको निर्वाह दिन निर्देशन दिएको छ।
मन्त्रालयले सोमबार प्रेस विज्ञेप्ती जारी गर्दै आयोगको गत माघ २५ गते बसेको बैठकले गरेको निर्णय बमोजिम निर्वाह भत्ता दिन आग्रह गरेको हो। सरकारी स्वास्थ्य सेवाको आठौं तह सरह (मासिक ४८,७३७ रूपैयाँ) सम्पूर्ण आवासीय चिकित्सकलाई तत्काल उपलब्ध गराउन आग्रह गरिएको छ।
‘विभिन्न विश्वविद्यालय र अन्तर्गतका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूका चिकित्सा शिक्षा स्नातकोत्तर तहको कार्यक्रममा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकहरूलाई सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई दिए सरह स्वास्थ्य सेवाको आठौं तह निर्वाह भत्ता उपलब्ध गराउन सम्बन्धित विश्वविद्यालय र अन्तर्गतका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजलाई निर्देशन दिने भनेर प्रष्ट रूपले उल्लेख गरिएको छ। उक्त निर्णयअनुसार सरकारी स्वास्थ्य सेवाको आठौं तह सरह रकम सम्पूर्ण आवासीय चिकित्सकलाई तत्काल उपलब्ध गराउन सम्बन्धित पक्षलाई आग्रह गर्दछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
मन्त्रालयले आन्दोलनरत आवासीय चिकित्सक काममा फर्कदा कुनै पनि प्रकारले उनीहरुलाई हतोत्साहित नगर्न र शैक्षिक गतिविधिमा असर पर्ने कार्य नगर्न सबै विश्वविद्यालय तथा सम्बद्ध निकायहरुलाई ध्यानाकर्षण गराएको छ।
Shares

प्रतिक्रिया