विश्वविद्यालयहरुको जग्गा अतिक्रमण भएको पाइएको छ। बुधबार सार्वजनिक भएको महालेखा परीक्षकको ६२ औँ प्रतिवेदनले सुदूरपश्चिम र नेपाल संस्कृत विश्वविद्यालयको जग्गा अतिक्रमण भएको औँल्याएको हो।
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको १ हजार ७१ बिघा जमिन २०५८ सालदेखि अतिक्रमणमा परेको जनाएको छ।
त्यस्तै त्रिभुवन विश्वविद्यालयको ११३ रोपनी एक निजी आवासीय विद्यालयले भाडामा लिएको समय म्याद समाप्त भएकोमा समेत खाली नगरेको, बागमती नदी किनारको २७ रोपनी जमिन बिभिन्न संस्थाले प्रयोग गरेकोमा विश्वविद्यालयले कुनै आम्दानी प्राप्त नगरेको देखाएको छ।
27
Shares

प्रतिक्रिया