समाज


नागढुंगा नाकामा ट्राफिकका इन्सपेक्टरले कुटे जनपदका जवान

नागढुंगा नाकामा ट्राफिकका इन्सपेक्टरले कुटे जनपदका जवान

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १८:२८, काठमाडौँ

काठमाडौँको नागढुंगा नाकामा खटिएका ट्राफिक प्रहरीका निरीक्षक (इन्सपेक्टर) ले थानकोट बृत्तका जवानलाई कुटेका छन्।

नाकामा सुरक्षाका लागि खटिएका जवानलाई इन्सपेक्टरले थप्पड हानेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। 

भिडिओ सार्वजनिक भएपछि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानविन सुरु गरिसकेको छ। यस्तै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि घटनामा संलग्न देखिएका इन्सपेक्टरलाई सोधपुछका लागि बोलाएको छ। 

यस्तै पिटाइखाने प्रहरी जवानलाई पनि घटना कसरी भएको भनेर सोधपुछ गर्न र रिपोर्ट गर्न थानकोट वृत्तकी इन्चार्ज डीएसपी एलिजा गिरीलाई जिल्ला प्रहरी परिसर काठमाडौँले निर्देशन दिएको छ। 

प्रारम्भिक सोधपुछपछि थप निर्णय हुने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले बताए। 

यता उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले यस विषयमा बुझ्ने काम भइरहेको बताए। ‘पहिले के भएको रहेछ बुझौँ, त्यसपछि थप प्रक्रिया अगाडी बढ्छ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad