नेपाल प्रहरीले गएको जेठ महिनामा मात्रै दुई हजार १८२ जना फरार प्रतिवादी पक्राउ गरेको छ।
पक्राउ परेकाबाट ८०७ वर्ष एक महिना कैद सजाय फर्स्यौट हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
यस्तै, उनीहरूबाट २३ करोड ४४ लाख ४३ हजार ८९१ रुपैयाँ अशुल उपर हुन बाँकी छ।
प्रहरी प्रधान कार्यालयका अनुसार सुदूरपश्चिमबाट १२०, कर्णाली ६३, लुम्बिनी ३२०, गण्डकी १३२, बागमती २६०, मधेस ५३९ र कोसी प्रदेशबाट ३०५ जना पक्राउ परेका हुन्।
यस्तै, काठमाडौँ उपत्यका ३२६ र केन्द्रीय अनुसन्धान ब्यूरोबाट १७ जना पक्राउ परेका प्रहरीको तथ्यांकमा उल्लेख छ।
60
Shares

प्रतिक्रिया