समाज


विज्ञले भने- हिमाल जीवनशैलीको प्रमुख स्रोत हो, तिनको संरक्षण गर्नु विश्व समुदायको दायित्व

विज्ञले भने- हिमाल जीवनशैलीको प्रमुख स्रोत हो, तिनको संरक्षण गर्नु विश्व समुदायको दायित्व

नेपालखबर
जेठ ३, २०८२ शनिबार १२:५२, काठमाडौँ

जलवायु परिवर्तनका प्रभाव घटाउन क्रियाशील विभिन्न क्षेत्रका विज्ञले हिमाल जीवनशैलीका प्रमुख स्रोत भएकाले तिनको संरक्षण गर्नु विश्वसमुदायको दायित्व भएको बताएका छन्। 

सगरमाथा संवादको दोस्रो दिन आज ‘हिमालमा प्रकृति, संस्कृति र साहसिक कार्यको अन्वेषण’ विषयमा भएको छलफलमा उनीहरुले हिमाली पारिस्थितिकीय प्रणालीको सुरक्षाका लागि हिमालको सुरक्षा अपररिहार्य भएकोमा जोड दिएका हुन्।

हिमालदेखि तल्लो तटीय क्षेत्रसम्म संस्कृति र रहनसहन, वन्यजन्तु, जैविक विविधता र पर्यटनका लागि पनि हिमालको संरक्षण गर्नुपर्नेमा उनीहरुले जोड दिए। 

आजको कार्यक्रममा विश्ववन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा.घनश्याम गुरुङले प्रमुख वक्तव्य दिएका थिए।

त्यसैगरि अक्सफामका नदी बेसिन प्रबन्धक राजन सुवेदी, ओमानका सगरमाथा आरोही नाधिरा अल–हार्थी, युगान्डाको जल तथा वातावरण मन्त्रालयका सहायक आयुक्त मौरीन अनिनो, सगरमाथा प्रदूषण नियन्त्रण समिति प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाले आफ्ना अनुभवसहित मन्तव्य व्यक्त गरेका छन्। 

हिमाली क्षेत्रले पृथ्वीको २२ प्रतिशत भाग ओगटेको छ। हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीले विश्वका करिब आधा जनसङ्ख्याको जीविकोपार्जनमा सहयोग गर्दै आएको विज्ञले बताएका छन्। 
 
हिन्दूकुश हिमालय क्षेत्र, यसको अद्वितीय र विविध संस्कृति, भाषा, धर्म, विश्वास, एक हजारभन्दा बढी भाषाहरू र परम्परागत ज्ञान प्रणालीले वार्षिक रूपमा सात करोडभन्दा बढी पर्यटकलाई आकर्षित गर्दछ।

हिमाली पारिस्थितिकीय प्रणालीको अखण्डतालाई सुदृढ गर्ने नवीन समाधान पहिचान गर्ने, धेरै जनसङ्ख्यालाई लाभ पुर्‍याउन प्राकृतिक पुँजीमा लगानी बढाउने तरिका अन्वेषण गर्ने उद्देश्यसहित यो सत्र सञ्चालन गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad