समाज


कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ९ पुग्यो

कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ९ पुग्यो

नेपालखबर
चैत २२, २०७६ शनिबार ७:२८,

नेपालमा कोरोना भाइरस (कोभिड १९)का थप नयाँ तीन संक्रमित फेला परेका छन्।

भारतको विभिन्न स्थानबाट आएका कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नयाँ भेटिएका संक्रमितहरुमा मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकै अर्की ३४ वर्षीया महिला रहेको मन्त्रालयले जनाएको छ।

संक्रमित महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ।

‘तीन जना नयाँमा संक्रमण भेटियो। धनगढीमा उपचार गराइरहेका स‌ंक्रमितकी भाउजूलाई संक्रमण भएको हो’, स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कर्कीले नेपालखबरसँग भने।

कोरोना संक्रमित ३४ वर्षे पुरुषकी भाउजुलाई कोरोना भाईरसको लक्षण देखिएपछि शनिबार बिहान धनगढी हसनपुरको घरबाटै अस्पताल ल्याइएको सेती प्रादेशिक अस्पतालका आकस्मीक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए। हाल उनलाई अस्पतालको आइसोलेसनमा राखिएको छ।

योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ।  यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ।

पहिलो कोरोना संक्रमित व्यक्ति भने उपचारपछि निको भइसकेका छन् । दोस्रो संक्रमित व्यक्ति काठमाडौंकी १९ वर्षीया युवती हुन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन्। उनमा चैत १० गते कोरोना संक्रमण पुष्टि भएपछि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो। तेस्रो धादिङको, चौथो धनगढीको, पाँचौं बाग्लुङको र छैटौँ पनि बाग्लुङकै ६५ वर्षीय वृृद्धामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad