नयाँ दिल्लीमा यसको संख्या अन्यत्रको भन्दा धेरै भएको पनि बताइएको छ।
जसका कारण भारतको नयाँ दिल्लीस्थित दुई ओटा अस्पताल लोकनायक जयप्रकाश र जिबी पन्त अस्पताललाई कोरोना भााइरसको उपचार गर्ने डेडिकेटेड अस्पतालका रुपमा स्थापना गरिएको छ।
आगामी सोमबारदेखि ती अस्पतालमा कोरोनाका विरामीको मात्र उपाचार गर्ने गरी यो व्यवस्था गरिएको समाचारमा जनाइएको छ।
अरु अस्पतालमा विरामी लैजाँदा उनीहरुबाट अन्य विरामीहरुलाई पनि सर्ने भएकोले कोरोना भाइरसका मात्र विरामीको उपचार गर्नेगरी ती अस्पताल स्थापना गर्न लागिएको बताइएको हो।
यी दुई अस्पतालमा एकै पटक २ हजार जनाको उपाचार गर्न मिल्नेगरी पूर्वाधार बनाइएको छ। साथै उक्त एलएनजेपी अस्पताललाई कोभिड १९ व्यवस्थापन केन्द्रका रुपमा पनि विकास गरिने सरकारले जनाएको छ।
उक्त अस्पतालका निर्देशक डा.जेशी पसाइले मेडिकल सामग्रीहरुको आपूर्ति र अरु व्यवस्थापकीय काममा कुनै पनि ढिलाई नगरी उपचारका कामलाई अघि बढाइने बताए।
उनले यी दुई अस्पताललाई नै डेडिकेटेड अस्पतालका रुपमा विकास गरिएकोले अब उपचार र कोभिड १९ सम्बन्धी अन्य व्यवस्थापनका लागि पनि सजिलो पर्ने बताए।
हाल सो अस्पतालमा २९० जना विरामी रहेकामा कोेरोना भाइरसका मात्र ११० जना विरामी उपचाररत रहेका छन्।
भारतमा पछिल्लो समयमा कोरोना भाइरसका विरामी बढ्दै गएको छ। आजसम्म भारतमा करिब ३ हजार ८२जना संक्रमित भेटिएका छन्।
पछिल्लो २४ घन्टामा मात्र भारतमा ३५५ जना नयाँ संक्रमित आएका पनि भारत सरकारले जनाएको छ। हाल भारतभर लकडाउनको नीति लिइएको छ। त्यहाँ ८६ जनाको मृत्यु भइसकेको छ। रासस/एनआई

प्रतिक्रिया