नेपालस्थित अमेरिकी दूतावासले स्वीकृत बसाइ अवधि नाघेर पनि अमेरिकामा बसिरहेको पाइए देश निकाला गरी सधैँका लागि प्रवेशमा प्रतिबन्ध लगाइने चेतावनी दिएको छ।
डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेयता अमेरिकाले आप्रवासन नीति कडा बनाएको छ।
यसै क्रममा काठमाडौँस्थित अमेरिकी दूतावासले पनि बेलाबेला सूचना जारी गरी चेतावनी दिइरहेको छ।
यसै क्रममा बुधबार उसले सूचना जारी गर्दै भनेको छ, ‘यदि तपाईं स्वीकृत बसाइ अवधि नाघेर अमेरिकामा बसिरहनुहुन्छ भने तपाईंलाई देश निकाला गरिन सक्नेछ र भविष्यमा अमेरिका यात्रा गर्न स्थायी रूपमै प्रतिबन्ध लाग्न सक्छ।’
यदि तपाईं स्वीकृत बसाइ अवधि नाघेर अमेरिकामा बसिरहनुहुन्छ भने तपाईंलाई देश निकाला गरिन सक्नेछ र भविष्यमा अमेरिका यात्रा गर्न स्थायी रुपमै प्रतिबन्ध लाग्न सक्छ।
If you remain in the United States beyond your authorized period of stay, you could be deported and could face a… pic.twitter.com/qJ0n2aUyNk — U.S. Embassy Nepal (@USEmbassyNepal) May 21, 2025
Shares

प्रतिक्रिया