समाज


आगलागीबाट झापा र चितवनमा पाँच घर जले

आगलागीबाट झापा र चितवनमा पाँच घर जले

नेपालखबर
चैत २३, २०७६ आइतबार १:४९,

झापा र चितवनमा आगलागी हुँदा पाँच घर जलेका छन्। आगलागीबाट लाखौँको क्षति भएको छ।

झापाको कनकाई नगरपालिकामा पर्ने कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्वासी बस्तीमा शनिबार बेलुका आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ।

आगलागीबाट झकडबहादुर दर्जी, अमृता श्रेष्ठ र ठाकुरसिंह राईको घर जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीले जनाएको छ।

दमक नगरपालिकाको दमकल, कनकाई सामुदायिक वनको खानेपानी ट्याङ्की र स्थानीयवासीको पहलमा आगो निभाइएको थियो। आगलागीको कारण नखुले पनि चुरोट, बिँडीको ठुटाको कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।

यसैगरी शनिबार साँझ चितवनको इच्छाकमना गाउँपालिका–६ तुन्तेषमा आगलागी हुँदा दुई घर जलेका छन्। स्थानीय कुलबहादुर घर्ती र चन्द्रबहादुर घर्तीको घरमा आगलागी भएको हो। घरमा आगलागी हुँदा उनीहरुको परिवार बिचल्लीमा परेका छन्।

घरमा रहेको सोलार सर्ट भई दुईवटै घरमा आगो लागेको स्थानीय यामबहादुर गुरुङले जानकारी दिए। आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ।

आगलागी पीडित अहिले छिमेकीको घरमा बसेका छन्। वडाध्यक्ष भुपेन्द्र चेपाङले क्षतिको विवरण सङ्कलन गरिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad