काभ्रेको धुलिखेल अस्पतालमा आज (आइतबार) देखि कोरोना भाइरस सङ्क्रमण सम्बन्धी परीक्षण सेवा शुरु गरिएको छ।
पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालका चिकित्सक डा.राजेन्द्र कोजूले जानकारी दिए।
सङ्क्रमणको अवस्था हेरेर परीक्षणको अवधि थपिने उनले बताए। ‘पर्याप्त पिपीइ, परीक्षण किटलगायतका परीक्षण सामग्री व्यवस्थापन गर्दै जाने भएकाले हाललाई हप्ताको दुई दिनमात्रै परीक्षणको समयावधि तोकिएका छौँ,’ उनले भने।
वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमण परीक्षण तथा उपचारका लागि अस्पताललाई धुलिखेल नगरपालिकामार्फत २० लाख उपलब्ध गराएको छ। प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले उक्त रकम नगरपालिकाको खातामा पठाइसकेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्र झाले बताए।
झाका अनुसार धुलिखेल अस्पतामा कोरोना सङ्क्रमणको परीक्षण शुरु भएपछि छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा भक्तपुरका नागरिकलाई सहज हुनेछ।
अहिलेसम्म राजधानी तथा आसपासका जिल्लाका नागरिकको काठमाडौँको टेकूस्थित शुक्रराज सरुवा रोग अस्पतालमा परीक्षण हुदै आएको छ।
Shares

प्रतिक्रिया